भावी रणनीति तय गर्न खनाल-नेपाल समूहले बोलायो स्थायी समिति बैठक

काठमाडौं, २१ जेठ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षले स्थायी समिति बैठक बोलाएको छ । बिहीबार र शुक्रबार आफू निकट केन्द्रीय समिति बैठक राखेको नेपाल समूहले स्थायी समिति बैठक पनि बोलाएको हो।
भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय र उठेका प्रश्नहरुलाई अन्तिम रुप दिन शुक्रबार नै स्थायी समिति बैठक पनि राखिएको हो ।

केन्द्रीय समिति बैठकले ओली प्रतिगमनतिर गएको निष्कर्षसहित काँग्रेस माओवादीलगायतका लोकतान्त्रिक गठबन्धनसँग मिलेर अघि बढ्ने निर्णय गरेको थियो । यस्तै स्थायी समिति बैठकमा केपी ओलीसँग करिब सम्बन्ध विच्छेद भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्नेबारे थप छलफल हुने पनि एक नेताले बताए ।

