सरकार अमेरिकी सेना तैनाथ गर्ने र मुलुकलाई भुटानीकरण गर्ने योजनामा रहेको मोर्चाको आरोप

काठमाडौं। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना १४ पार्टीको संयुक्त मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी पास गरी अमेरिकी सेना तैनाथ गर्ने र मुलुकलाई भुटानीकरण गर्ने योजनामा रहेको आरोप लगाएको छ।

मोर्चाले प्रधानमन्त्री ओली इन्डो-अमेरिकन गठबन्धनको गोटी भएको उल्लेख गर्दै सो आरोप लगाएको हो।यही जेठ १४ गते बसेको बैठकबाट गठन भएको सो १४ दलीय मोर्चामा बिप्लव नेतृत्वको नेकपाका अलावा मोहन बैध्ध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ऋषि कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,सीपी गजुरेल नेतृत्वको देशभक्त जनतन्त्रिक मोर्चा, गुणराज लोहनी नेतृत्वको राष्ट्रिय जागरण मन्छ,आहुती नेतृत्वको बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी र गोपाल किरांती नेतृत्वको नेकपा माओवादी केन्द्र लगायत छन् । मोर्चाले वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ ।
सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन जोडदार माग गर्दै मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ ।

