राष्ट्रपति भण्डारीद्वारा तीन अध्यादेश जारी, अर्थमन्त्री पौडेल आगामी बर्षको बजेट सार्बजनिक गर्दै

काठमाडौं।आगामी आर्थिक वर्ष २०७८/७९को बजेट भाषण सुरु भएको छ। प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले अध्यादेशमार्फत ल्याएको बजेट भाषण सिंहदरबारमा सुरु भएको हो। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमकाबीच भाषण सुरु गरेका हुन्।

बजेट भाषन सुरु हुनु अघि आजै बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७८-७९ को बजेटसहित तीनवटा अध्यादेश आज जारी गरेकी थिइन् ।
आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन्। नयाँ संविधान जारी भएपछि सरकारले पहिलोपटक अध्यादेशबाट बजेट सार्वजनिक गरेको हो।

