प्रमुख भनिएका दलहरुकै कारण गणतन्त्र लगायत प्राप्त उपलब्धि संकटमा : कर्णजित

काठमाडौं । कर्णजित बुढाथोकी “सुशील” नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले नेपालको वर्तमान संकटलाई अग्रगामी निकास दिन राष्ट्रिय राजनैनिक जन-परामर्श सम्मेलन, जनपक्षीय, सर्वपक्षीय संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताएको छ।

आफुलाई ‘प्रमुख’ दावी गर्ने राजनैतिक शक्ति र र ब्यक्तिहरुकै कारण नेपालकाे राष्ट्रियता, सार्वभाैमिकता, क्षेत्रीय अखण्डता, गणतन्त्र, संघीयता चरम संकटमा रहेकाेे आरोप लगाउंदै सो पार्टीले १४ औं गणतन्त्र दिवसका अवसरमा जारी गरेको बिज्ञप्तिमा सम्पूर्ण उपलब्धिहरुको रक्षाका लागि आफ्नो पार्टीले अघि सारेका एजेन्डाका पक्षमा गाेलबद्ध हुन सबैमा आग्रह पनि गरेको छ ।
आम नेपाली दाजुभाइ, दिदीबहिनी, पत्रकार, नागरिक समाज, विभिन्न व्यक्ति व्यक्तित्वहरुकाे त्याग तपस्या बलिदान गणतन्त्र प्राप्तिमा महत्त्वपूर्ण काेशेढुङ्गा बनेकाे इतिहास ताजै भएको स्मण गराउँदै अध्यक्ष बुढाथोकीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा संसदीय राजनीतिको मूलधारमा रहेका राजनीतिक शक्तिहरु प्राप्त उपलब्धिको रक्षाका लागि असफलसिद्द भएको आरोप लगाईएको छ।
विज्ञप्तिमा १० वर्षे महान जनयुद्ध, १९ दिने जन आन्दाेलन र वर्ग मुक्तिका विभिन्न आन्दाेलनकै परिणामस्वरुप नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता प्राप्त भएको उल्लेख छ । यी राजनैनिक उपलब्धिहरु प्राप्तिका लागि ज्यान अर्पण गर्नुहुने महान शहिदहरुलाई श्रद्धासुमन, सहिद परिवार, घाइते र बेपत्ता याेद्धाहरुलाई पार्टीले उच्च सम्मान प्रकट गरेकाे छ उल्लेख छ।
गणतन्त्र क्रान्तिबाट प्राप्त भएको र जनताकाे वास्तविक गणतन्त्र स्थापना रक्षा र बिकास पनि क्रान्तिबाट हुने निश्चित भएकाले जनविद्रोहकाे कार्यदिशामा दृढ रहन सम्पूर्ण मुक्तिकामी दाजुभाइ दिदीबहिनीहरुमा अनुरोध गर्दछौं, बिज्ञप्तिमा भनिएको छ।

