राष्ट्रबासीका नाममा प्रधानमन्त्रीको सम्बोधन : सबै मिलेर चुनावमा जानुको विकल्प नरहेको भनाई



काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलहरु सरकारमा सहभागी भएर निर्वाचनमा जान आग्रह गरेका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र त्यही सरकारमार्फत निर्वाचनमा जानुपर्ने आग्रह गरेका छन् ।

यसअघिका सम्बाेधनहरुमा पनि ओलीले सबै दललाई राष्ट्रिय सहमतिकाे सरकार गठनका लागि आग्रह गर्दै आएका थिए । आजकाे सम्बाेधनमा पनि अहिलेकाे राजनीतिक अस्थिरताबाट माथि उस्किन सबैकाे सहमतिमा चुनावमा जानुकाे विकल्प नभएकाे उनकाे भनाइ छ ।

आफूले परिणामलाई नभई लोकतान्त्रिक प्रणालीलाई ध्यानमा राखेर निर्वाचन घोषणा गरेको भन्दै सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा जानुलाई प्रतिगमन भन्न नमिल्ने भन्दै ताजा जनादेशलाई अस्वीकार नगर्न आग्रह गरे ।

प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुरै अवधि चल्नु र सरकारले जेनतेन ५ वर्ष पूरा गर्दा मात्र राजनीतिक स्थिरता नहुने जिकिर गरे ।

यस्तै, प्रधानमन्त्री ओलीले बहुदलीय प्रणाली नै अहिले संकटमा परेको बताए । लोकतान्त्रिक दलहरु कमजोर हुँदा देशमा हिंसात्मक गतिविधि फस्टाउने र तानाशाह उत्पन्न हुने कुरा विगतको घटनाबाट नभुल्न पनि दलहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्