आफुहरु माथिको कारबाही निरंकुश र प्रतिगामी भएको निष्काशित एमाले नेताहरूको आरोप



काठमाडौँ । नेकपा एमालेबाट निष्कासित १५ स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको निरंकुश कदमविरुद्ध होमिन नागरिकलाई आह्वान गरेका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै माधवकुमार नेपाल सहितका नेताहरुले ओलीको निरंकुश कदमविरुद्ध होमिन आह्वान गरेका हुन् ।

माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यहरूले ओलीको आफूहरुमाथिको कारवाही निरुङकुश र प्रतिगामी भएको निष्कर्ष निकाल्दै त्यसका विरुद्ध होमिन नागरिकलाई आव्हान गरेका हुन् । उनीहरुले बुधबार संयुक्तरुपमा विज्ञप्ति प्रकाशित गरी ओली कदमविरुद्ध एक हुन नागरिकलाई आव्हान गरेका हुन्।

ओलीविरुद्ध विज्ञप्ती जारी गर्नेहरु

झलनाथ खनाल
माधवकुमार नेपाल
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
भीम रावल
घनश्याम भुसाल
भीम आचार्य
गोकर्ण विष्ट
योगेश भट्टराई
सुरेन्द्र पाण्डे
मुकुन्द न्यौपाने
रघुजी पन्त
बेदुराम भुसाल
अमृतकुमार बोहोरा (पदेन स्थायी कमिटी)
प्रमेश हमाल (पदेन स्थायी कमिटी) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्