सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय



काठमाडौँ । एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिदै आएको समर्थन फिर्ता लिएको छ ।

आज बसेको स्थायी समिति बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
पार्टी विभाजन भएपछि पनि एमालेले प्रदेश सरकारको समर्थन कायम राखेको थियो ।

आफ्नै नेताहरुलाई पार्टीबाट निस्काशन गरेको एमालेले माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको हो।

प्रतिक्रिया दिनुहोस्