राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्बाचनको घोषणा



काठमाडौं।राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी हुन्।

मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दै नयाँ निर्वाचनको मिति सिफारिस गरेको थियो।

यस अघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्