देउवाका नाममा विपक्षीको सहमति, दावी पेश गर्न नेताहरू शितल निबासमा

काठमाडौं । विपक्षी गठबन्धनले बहुमत सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा दाबी गर्न नेताहरु शीतल निवास पुगेका छन्।

दिउँसो सिंहदरबारमा बसेको विपक्षी गठबन्धनको बैठकले १५० सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि देउवाको नाम अगाडि सारेर राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । निर्णय लगत्तै नेताहरु शीतल निवास पुगेका हुन् ।
संविधान छलेर सत्ता कब्जा गर्न खोजिएको होइन : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीको प्रश्न : मलाई हटाएर विकल्प दिनुस् भन्दा कसरी षडयन्त्र हुन्छ ? (भिडियो)
विश्वासको मत लिने समय नभएकाले मार्ग प्रशस्त गरेँ : ओली
नयाँ प्रधानमन्त्रीका लागि दावी गर्ने प्रयासमा छु : प्रधानमन्त्री ओली
देउवाको नाममा विपक्षी गठबन्धनको सहमति : हस्ताक्षर लिएर सांसद शीतल निवासतर्फ
विपक्षी गठबन्धनमा एमाले खनाल-नेपाल समूहका २७ सांसदको हस्ताक्षर
विपक्षी गठबन्धनमा सत्तारुढ नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २७ सांसदले हस्ताक्षर गरेका छन् ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनलाई नेपाल–खनाल समूहले साथ दिएको हो ।
विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउने नेपाल खनाल समूहका २७ सांसदको हस्ताक्षर आएको कांग्रेस नेता गगन थापाले जानकारी दिए ।

