नयाँ सरकार गठनका लागि राष्ट्रपतिको आव्हान संबिधान बिपरित भएको बिपक्षीको प्रतिक्रिया

काठमाडौं। संबिधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि दावी पेश गर्न रास्ट्रपति विद्यादेवी भण्डारीले गरेको आव्हानको बिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले बिरोध गरेका छन।

राष्ट्रपति भण्डारीको आव्हान पछि प्रारम्भिक प्रतिक्रिया दिंदैं उनीहरूले सो कदम असंबैधानिक र नाटकीय भएको बताएका हुन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदम संविधान विपरीत र अलोकतान्त्रिक भएकाे ठहर गरेकाे छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेल बिहीबार अबेर राति विज्ञप्ति जारी गर्दै राष्ट्रपतिबाट धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति संविधान विपरीत र अलोकतान्त्रिक भएकाे टिप्पणी गरेका हुन्।
उता,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले २४ घण्टा भित्र प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान बिपरित भएको प्रतिक्रिया जनाएको छ ।
प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले बिहीवार राति सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै नाटकीय ढंगले २४ घण्टामा प्रधानमन्त्री बन्न आउ भन्नु संविधान विपरित भएको दावी गरेकी हुन् ।
‘नाटकीय ढंगमा २४ घण्टा भित्र प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संविधान बिपरित छ जब कि प्रधानमन्त्रीले संविधानत ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो।देश कोरोनाले अक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति बिडम्बना’ गंगाले ट्वीटरमा लेखेकी छिन् ।

