कोभिड-१९ को बिषयमा जुममार्फत प्रदेशस्तरीय अन्तरक्रिया गर्दै नेपाली कांग्रेस

काठमाडौं।नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिको आयोजनामा ‘कोभिड—१९ को अवस्था र नेपाली कांग्रेसको भूमिका’ विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्य र विशिष्ट अतिथिका रुपमा नेता रामचन्द्र पौडेल रहने अन्तरक्रियामा नेपाली कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरु र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजकको समेत सहभागिता रहने बताइएको छ।
सात बटै प्रदेशको संयोजन नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिका संयोजक डा. प्रकाश शरण महतले गर्ने बताइएको छ।

