सांकेतिक रुपमा तानियोे रातो मच्छिन्द्रनाथको रथ

काठमाडौं । ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै आज सांकेतिक रथयात्रा गरिएको हो ।

ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले करिब १५० जनाले स्वास्थ्य मापदण्ड पालना गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीँ विसर्जन गर्ने तयारी गरिएको जानकारी दिए । ‘‘आज दिउँसो ललितपुरको पुल्चोकमा रथयात्रा गरिएको हो । जिल्ला प्रशासन कार्यालयले बेलैमा सरोकारवालासँग छलफल गरेकाले विगतका वर्षहरुमा जस्तो अहिले झडप, भिडभाड हुने समस्या आएको छैन,” उनले भने ।
महर्जनका अनुसार वैशाख पूर्णिमाको भोलिपल्टदेखि सुरु हुने जात्रा असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्ने गर्छ । ललितपुरको रथयात्रालाई करिब एक हजार ६०० वर्ष पुरानो मानिने उनको भनाइ छ ।

