राष्ट्रियसभा उपनिर्बाचनमा राप्रपाले एमाले उम्मेदवार ‘बादल’ को पक्षमा मतदान गर्ने



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि हुन लागेको निर्वाचनमा नेकपा–एमालेका उम्मेदवार रामबहादुर थापालाई मत दिन राप्रपा नेताहरुबीच समझदारी भएको छ।

त्यसबारे औपचारिक निर्णय नभए पनि आज भएको अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीसहित शीर्ष नेताहरुको बैठकमा सो समझदारी बनाइएको सहभागी एक नेताले बताए।

गृहमन्त्री समेत रहेका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। थापाले माओवादी दल त्याग गरेपछि सो पद रिक्त भएको हो।सोहि रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको हो।

उनी अहिले एमाले पार्टीमा छन्। एमालेले रिक्त सो पदमा उनैलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नै पार्टीका कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

वागमती प्रदेशमा राप्रपाका दुई प्रदेश सांसद रिता माझी र रिना गुरुङ र धादिङको रुबी भ्याली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन्। उनीहरुको मतभार १ सय ३२ हुन्छ।

प्रतिक्रिया दिनुहोस्