बादल देख्ने बित्तिकै बिच्किए माधव नेपाल



काठमाडौं १ जेठ। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधब कुमार नेपालबीच भएको सहमति अनुसार पार्टीलाई जेठ २ मा फर्काउन गठन गरिने कार्यदलमा अध्यक्ष ओलीले माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पाहुँना एमाले गृहमन्त्री राम बहादुर थापा बादललाई समेत सहभागि गराउने संकेत गरेपछि हिजोको बैठक भाँडिन पुगेको नेताहरुले बताएका छन् ।

शुक्रबार साझ भएको बैठकमा ओलीले माओवादी केन्द्रबाट पार्टीमा आएका नेता राम बहादुर थापालाई समेत लिएर गएका थिए । बादलाईलाई देखेपछि नेपाल पक्षीय नेताहरूले जेठ २ मा फर्कने बैठकमा बादल सहभागी हुनेगरी कार्यदल कसरी बनाउने भनि प्रश्न गरेका थिए । त्यसमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन् । ओली र नेपाल बसेर कार्यदल टुग्गो लगाउने गरी बैठक सकियो ।

ओलीले बैठकमा मात्र हैन सोही कार्यदलमै बादलाई राख्न चाहेको उनले बादल समूहलाई बाहिर राखेर अघी बढन नसक्ने संकेत नेपाल पक्षलाई हिजोको बैठकबाट दिएका छन् । जसका कारण हिजो नै कार्यदलको घोषणा गर्ने भनिए कार्यदल नै घोषणा हुन सकेन् ।

ओलीको बादल मोहले नेपाल पक्ष सहमती कार्यान्वयमा हुनेमा आंशका गरेको छ । अध्यक्ष ओलीले फेरी वेइमान गर्ने र आफुहरुलाई फसाएको हुन सक्ने टिपणी नेपाल पक्षका नेताहरुले गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्