पार्टी विवाद समाधानउन्मुक्त हुँदै गएको बन्दै भन्दै नारायणकाजीले दिए एमाले नेताहरुलाई बधाई

काठमाडौं ।माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेको विवाद समाधान उन्मुख भएकोमा एमालेका नेताहरूलाई बधाई दिएका छन।

शुक्रबार एक बिज्ञप्ति प्रकाशित गर्दै उनले भनेका छन्,’नेकपा(एमाले )का कमरेडहरुलाई बधाई तथा शुभकामना । हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यत: हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन। देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्छ । वैचारिक छिपछिपेपन , बिधिपध्दतिको अवज्ञा ,ब्यक्तिवाद ,संकिर्णता , अनेकता ,गुटवन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुद्ध संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं।’
प्रवक्ता श्रेष्ठले देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थितरुपमा वैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । उनले बिचलन ,निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन भन्दै घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न नसकिने बताएका छन् । उनले भनेका छन्,’तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारी सङग जुझ्न स्वयंसेवामा जुटौं ।’

