एमालेले व्हिप उल्लंघन गर्ने सांसदहरुलाई तत्काल कारबाही नगर्ने

काठमाडौँ ।नेकपा एमालेले पार्टीको ह्वीप उलंघन गर्ने पार्टीको झलनाथ खनाल-माधव नेपाल समूहलाई तत्काल कारबाही नगर्ने भएको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफुहरु एकताको पक्षमा रहेका कारण पार्टीको एकतालाई बचाउनका लागि पनि ह्वीप उल्लंघन गर्नेहरुमाथि कारबाही गर्ने बताएका हुन। यसअघि उनले ह्वीप उल्लंघन गर्ने जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।
हामी अझै पनि पार्टी एकताको पक्षमा छौँ । पार्टी एकता जोगाउने पक्षमा रहेकाले कारबाही गरेर पार्टी एकता जोगाउन सकिदैन ।’ प्रमुख सचेतक भट्टराईको भनाई छ ।

