गण्डकीमा तीन दिनभित्र सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि तीन दिनभित्र सरकार गठनका लागि आह्वान भएको छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ‘मुख्मन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) बमोजिम तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको’ उल्लेख छ ।

