संबैधानिक परिषद बैठक :अख्तियार र लोकसेवामा रेग्मी र निर्वाचन आयोगमा राई सिफारिस



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग लगायत निकायमा पदाधिकारी नियुक्त गरेको छ ।

स्रोतका अनुसार अख्तियारको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख दिलीप रेग्मीको नाम निर्णय भएको छ । लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीको निर्णय भएको छ।

निर्वाचन आयोगको सदस्यमा भने पूर्वसचिव वीरबहादुर राई सिफारिस भएका छन् । उनी यसअघी पनि निर्वाचन आयोगमा बसेर काम गरेका व्यक्ति हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा उनको नाममा निर्णय भएको हो ।

बैठकमा प्रधानमन्त्रीसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्