राप्रपा पूर्वअध्यक्ष राई काँग्रेसमा, आशालाग्दो ब्यक्तित्वको प्रवेशले हौसला मिलेको सभापति बस्नेतको भनाई

खगिन्द्रराज बास्तोला
सोलुखुम्बु। राष्ट्रिय प्रजातन्त्र पार्टी सोलुखुम्बुका पूर्ब अध्यक्ष भिमकुमार राई नेपाली कांग्रेस प्रवेश गरेका छन।

जिल्ला विकास समिति सोलुखुम्बुको मनोनित सदस्यका रुपमा दुई कार्यकाल काम गरेका राई राजाको प्रत्यक्ष शासनकालमा राप्रपा बिभाजित बनेपछि पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपाका अध्यक्ष बनेका थिए।उनलाई सोलु कांग्रेसका सभापति बिनोद बस्नेतले सदस्यता प्रदान गरेका थिए। राईले एक मात्र लोकतान्त्रिक पार्टी भएका कारण कांग्रेस आफ्नो रोजाइमा परेको बताउंदै पार्टी विधान अनुसार अब आफु पार्टी सुदृढीकरणमा लाग्ने रहस्य खबरलाई बताए ।
नवप्रवेशी राईलाई स्वागत गर्दै सभापति बस्नेतले राईको पार्टी प्रवेशले सोलुखुम्बु नेपाली काङ्ग्रेस थप बलियो भएको प्रतिक्रिया व्यक्त गरे। पार्टीको संगठन विस्तारका लागि आशा गर्न लायक व्यक्तित्वको प्रवेशले थप हौसला प्राप्त भएको बस्नेतको भनाइ थियो।

