निषेधाज्ञा : सरकारी कार्यालयका सवारी साधन सन्चालनमा कडाई, कोटा प्रणाली लागू

काठमाडौं। कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयले चलाउने सवारी साधनमा कोटा प्रणाली लागू गरिएको छ । जारी निषेधाज्ञामा पनि गाडी धेरै चलेको भन्दै आलोचना भएपछि सरकारी कार्यालयले चलाउने सवारी साधनमा कोटा प्रणाली लागू गरिएको हो ।

बैठकले निषेधाज्ञालाई थप कडा गर्दै मन्त्रालय, विभाग र अन्य सरकारी कार्यालयले चलाउने सवारीमा नियन्त्रण गर्न कोटा तोकिएको हो ।
अब एक दिनमा मन्त्रालयले १०, विभागले ५ र अन्य कार्यालयले सचिव र सहसचिवबाहेक ३ वटा मात्रै सवारी चलाउन पाउनेछन् ।
सरकारी कार्यालयहरू एक तिहाइ कर्मचारीबाट सञ्चालन भईरहेका छन् ।

