आज बैशाख ११ गते : लोकतन्त्र दिवस

काठमाडौं । आज वैशाख ११ अर्थात लोकतन्त्र दिवस । जनताको शासन जनताको हातमा आएको दिनका रुपमा बैशाख ११ लाई लिने गरिन्छ । वि.स. २०६२/६३ को दोस्रो जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेसंगै यो दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ।
नेपालमा लोकतन्त्र ल्याउनका लागि सदाहत प्राप्त गरेका हजारौ शहीदहरुप्रति श्रद्धान्जली अर्पण गर्दै प्रत्येक वर्ष लोकतन्त्र दिवस मनाइने गरिन्छ ।
सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार राजाको प्रत्यक्ष शासनविरुद्ध आन्दोलन चर्कियो । राजधानी काठमाडौंमा मानवसागर उर्लियो । आन्दोलनमा दुई दर्जन बढीको ज्यान गएको थियो ।

