नेराशि संगठन सिद्दिचरण नगरसमितिमा धमला,सुनकोशी गाउँपालिका समितिमा पराजुली

खगिन्द्रराज बास्तोला
ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको दोश्रो अधिबेशन हालै सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय शिक्षक संगठन सिद्दिचरण नगर कार्य समितिकाअध्यक्ष बद्रीप्रसाद धमलाको सभापतित्व तथा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पुन बद्रीप्रसाद धमलालाई नै अध्यक्षको जिम्मेवारी दिएको छ। नवगठित समितिको उपाध्यक्षमा इन्द्रबहादुर मगर, महिला उपाध्यक्षमा रुक्मिणा गुरुङ, सचिव झपटबहादुर साउद,सहसचिव निर्मला श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहेका छन् ।
यसैगरी सुनकोशी गाउँपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको भेलाले ओमप्रसाद पराजुलीको अध्यक्षतामा सुनकोशी गाउँपालिकास्तरीय समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा प्रवीण बास्कोटा, महिला उपाध्यक्षमा मनमाया श्रेष्ठ, सचिव शंकर पहाडी, सहसचिव महिला इन्दिरा गिरी, कोषाध्यक्ष कौशल घिमिरे र सहकोषाध्यक्ष बरुणा अधिकारी रहेका छन् भने सल्लाहकार समिति संयोजकमा टंकलाल गिरी रहेका छन् ।
अधिबेशन संगठनका अध्यक्ष ओमप्रसाद पराजुलीको सभापतित्व तथा जिल्ला समिति कोषाध्यक्ष गुन्डास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।



