सोलुदुधकुण्ड नगरपालिकाकि उपमेयर राई प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट सम्मानित

सोलुखुम्बु । जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डकी उपमेयर कल्पना राई प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट सम्मानित भएकी छन।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निबासमा बुधबार आयोजित बिशेष समारोहमा उपमेयर राइलाइ सो सम्मान प्रदान गरेकी हुन। राईसहित विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान पुर्याएका अन्य २४२ जनालाई प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट सम्मानित गरिएको राषपती कार्यालयले जनाएको छ।
गत असोज १ गतेको मन्त्रिपरिषदको निर्णयानुसार २०७७ साल असोज ३ गते संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट विभूषण प्रदान गर्ने घोषणा भएकामा घोषित विभूषणमध्ये मानपदवी प्राप्त ४५२ जनालाई वैशाख १ गते विभूषित गरिएको हो।
मानपदवीतर्फ सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रथम श्रेणीमा एक, प्रसिद्ध प्रबल जनसेवाश्री द्वितीय श्रेणीमा तीन, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीमा सात, सुप्रबल जनसेवाश्री तृतीय श्रेणीमा ८६, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीमा आठ, जनसेवाश्री पञ्चम् श्रेणीमा १०४ तथा अलंकारतर्फ ११४, पदकतर्फ २७ गरी जम्मा ५९३ जनालाई विभूषण प्रदान गर्ने निर्णय सरकारले गरेको थियो।

