लक्ष्मी बैंकले मनायो ग्लोबल मनी विक

काठमाडौं । लक्ष्मी बैंकले विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) २०२१ को अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकको वित्तीय साक्षरता आभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका करिब एक हजारभन्दा बढी विद्यार्थीलाई सामान्य वित्तीय साक्षरतासम्बन्धी कक्षा सञ्चालन गरी खुत्रुके वितरण गरिएको थियो । युवाहरूमा प्रविधि प्रयोग गरी बैंकिङ गर्ने बानीको विकास गर्नेे उद्देश्यले विभिन्न व्यवसायमा आबद्घ साना व्यवसायीलाई डिजिटल बैंकिङको प्रयोगसम्बन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको बैंकले बताएको छ ।

बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिवृद्घिसम्बन्धी वृत्तचित्र ‘समृद्घिको अभियान, लक्ष्य वित्तीय ज्ञान’ नेपाल टेलिभिजनबाट २०७७ चैत १० गते तथा चैत १५ गते प्रसारण गरिएको थियो । विश्व वित्तीय सप्ताहकै अवसरमा वित्तीय जानकारीसहितको नव वर्ष २०७८ सालको वार्षिक भित्तेपात्रो पॉचांै संस्करणको विमोचन गरिएको बैंकले जनाएको छ ।

