प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाद्वारा ५० लाख नेपाली रुपैयाँको कोष स्थापना



दिपक अधिकारी

अष्ट्रेलिया । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले ५० लाख नेपाली रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।

प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको राष्ट्रिय समितिका अध्यक्ष रमेश पाण्डेको अध्यक्षता र सचिव शिशिर नेपालको सञ्चालनमा सम्पन्न मन्चको बैठकले
नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक आन्दोलनहरुका सहिद घाइते एवं अपाङ्ग साथै द्वन्द्वपीडित विपन्न परिवारहरुलाई युवा सशक्तिकरण एवं रोजगार सो अक्षयकोष स्थापना गर्ने निर्णय गरिएको हो ।बैठकको भर्चुअल उद्घाटन प्रमुख अतिथि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्नुभएको बताइएको छ।

उक्त अवसरमा प्रमुख अतिथि ज्ञवालीले नेपालको हरेक क्षेत्रको विकास र प्रगतिको निम्ति प्रवासी नेपालीहरूको साथ र सहयोग रहंदै आएको धारणा राख्नुभयो। वर्तमान राजनैतिक अवस्थामा प्रधानमन्त्री केपी ओलीद्वारा चालिएको सकारात्मक कदमको संसारभर रहेका प्रवासी नेपालीहरुले साथ र समर्थन दिएको उल्लेख गर्दै प्रवासी नेपालीहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।राष्ट्रिय समितिको बैठकले गत मार्च १४ तारिखका दिन सचिवालय बैठकद्वारा गरिएका सम्पूर्ण निर्णयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय समितिको बैठकमा विभिन्न राज्यका इन्चार्जहरुद्वारा आआफ्ना राज्यका प्रवासी नेपाली एकता मञ्च अस्ट्रेलियाको गतिविधि बारेमा जानकारी गराउनुभएको कुरा प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका प्रवक्ता सन्तोष दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्