सिभिल बैंकको नगदरहित अभियान धनगढीमा



काठमाडौं  । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीमा पु¥याएको छ । धनगढीको दैनिक कृषि उपज हाटबजारका विभिन्न व्यापारीलाई बैंकले क्युआर कोड वितरण गरेको हो ।

कार्यक्रममा राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवासचन्द्र घिमिरेले विद्यमान कोरोना महामारीमा आफूलाई जोगाउन मात्र नभएर नोट छपाइ गर्दा खर्च हुने र यस क्रममा विदेशिने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरिहार्य भएको बताए ।

नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्यूआर कोड सेवालाई विस्तार गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।उक्त अवसरमा बजार व्यवस्थापन समितिका अध्यक्ष, सिभिल बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख, शाखा प्रबन्धकलगायत उपस्थित थिए । हाल बैंकले ११४ शाखा तथा ७ एक्सटेन्सन काउन्टरमार्पmत ग्राहकलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्