सगरमाथा आरोहणका लागि आएका बहराइनका राजकुमारले ल्याए २ हजार डोज कोरोना खोप उपहार

काठमाडौं,२ चैत ।गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका बासिन्दाको लागि कोरोना भाइरस विरुद्धको २ हजार डोज अस्ट्रा जेनिका खोपसमेत उपहार लिएर
बहराइनका राजकुमार शेख मोहामेद हमद मोहामेद अल खलिफा
सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न नेपाल आइपुगेका छन्।

राजकुमार अल खलिफासहित १६ जनाको टोली शैन्य विशेष विमानबाट सोमबार नेपाल आइपुगेको हो।
सो टोलीले २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमालको सफल आरोहण गरेको थियो। टोली नेपालमा करिब ८० दिन रहने बताइएको छ।

