ईभी गाडी दुर्घटना हुँदा भीमफेदीमा चारजनाको मृत्यु,तीन जना घाइते



हेटौडा,३० भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुबाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुबाहक विद्युतीय गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा नवलपरासीपूर्व कावासोतीका २४ वर्षीय नरबहादुर सिंह, धनुषाका ४३ वर्षीय सुरज भट्टराई, पर्साका ४४ वर्षीय भुवनेश्वर साह कानु, र बाराका ३२ वर्षीय सरफरोस मियाँ रहेका छन्।

चालक बारा कलैयाका २० वर्षीय अमिर अन्सारी,मकवानपुर हेटौँडाकी कल्पना तामाङ,बाराकै २१ वर्षीया बबियाकुमारी यादव र मकवानपुरका राजकुमार स्याङतान घाइते छन ।तामाङको ढाड, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको छ। यादवको अवस्था मध्यम छ। रहेका र उनको अवस्था गम्भीर छ।बोल्न नसक्ने स्याङतानको अवस्था गम्भीर रहेको छ। बबियाकुमारीको हेटौँडामा र अरुको उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी तथा ट्राफिक प्रहरीसहित २१ जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । गाडीमा चालकसहित आठ जना सवार रहेको खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्