१८औँ ब्रिक्स शिखर सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी
काठमाडौं,२८ भदौ । भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन शनिबार नयाँ दिल्ली घोषणापत्र जारी गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै पनि सदस्य राष्ट्रले आपत्ति नजनाएको बताउँदै घोषणापत्र सर्वसम्मतिले पारित भएको बताए।
ब्रिक्स नयाँ दिल्ली घोषणापत्रका १० प्रमुख बुँदा
पहलगाम आतंकवादी आक्रमणको निन्दा: अप्रिल २२, २०२५ मा भएको आक्रमणको कडा निन्दा, २६ जनाको मृत्यु भएको उल्लेख गर्दै।
आतंकवादविरुद्ध कडा अडान: आतंकवादका सबै रूप र कारणको निन्दा।
धर्मलाई आतंकवादसँग नजोड्ने: आतंकवादलाई कुनै पनि धर्म, राष्ट्रियता वा समुदायसँग जोड्ने कुराको विरोध।
सीमापार आतंकवादविरुद्ध कारबाही: आतंकवाद, यसको कोष र आतंकवादीहरूलाई आश्रय दिनेहरूविरुद्ध संयुक्त कारबाहीमा जोड।
आतंकवादीहरूलाई जवाफदेही बनाउने: आतंकवादी र आतंकवादी संगठनविरुद्ध सामूहिक कारबाहीको आह्वान।
संयुक्त राष्ट्रसंघको आतंकवादविरोधी सन्धि चाँडै बनाउने: अन्तर्राष्ट्रिय आतंकवादसम्बन्धी प्रस्तावित सन्धि चाँडै अपनाउन माग।
ब्रिक्सका मुख्य सिद्धान्त बलियो रहने: पारस्परिक सम्मान, सार्वभौम समानता, एकता र सहमतिमा आधारित निर्णयहरूमा जोड।
एकपक्षीय भन्सार शुल्कको निन्दा: एकपक्षीय भन्सार शुल्क र व्यापार प्रतिबन्धहरूबारे चिन्ता व्यक्त गर्दै त्यस्ता कदम डब्ल्यूएचओका नियमअनुसार हुनुपर्ने।
आणविक खतरा: आणविक हतियार प्रयोगको खतरा र बढ्दो विश्वव्यापी तनावप्रति चिन्ता व्यक्त।
भारतको अध्यक्षताको प्रशंसा: ब्रिक्स देशहरूले भारतको अध्यक्षतामा भएको ब्रिक्स प्लस र आउटरिच संवादको प्रशंसा गरे।
ब्रिक्स सम्मेलन आज पनि जारी रहनेछ।
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो। सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको हो।
हाल ब्रिक्समा रुस, चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, इजिप्ट, इथियोपिया, इन्डोनेसिया, इरान, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स गरी ११ पूर्ण सदस्य छन्।


