कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौँ,२७ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ।

ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा दिउँसो २ बजे बैठक बोलाइएको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक साङ्गठनिक अवस्थाबारे छलफल हुने जनाइएको छ।


