रास्वपाले सांसदहरुका लागि लागू गर्यो नयाँ ब्यबस्था , संसद बैठकमा अनुपस्थित हुने भए फाराम भर्नुपर्ने
काठमाडौं,१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि संसद् बैठकमा अनुपस्थिति तथा छुटसम्बन्धी विषयमा नयाँ व्यवस्था लागू गरेको छ। संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यो नयाँ नियम ल्याइएको हो।

रास्वपाले जनाएअनुसार संसद् बैठकमा पूर्ण रूपमा उपस्थित हुन नसक्ने, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुनुपर्ने, बैठकमा उपस्थित भएर बीचैमा छाड्नुपर्ने वा बैठकको बीचमा बाहिर गएर पुनः फर्किनुपर्ने जस्ता विभिन्न चार वटा अवस्थाहरूमा सांसदहरूले अनिवार्य रूपमा तोकिएको आवेदन फारम भर्नुपर्ने व्यवस्था मिलाइएको छ।

