स-साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना



काठमाडौं,१ भदौ । जल तथा मौसम विज्ञान विभागले देशका स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार किरिन नदी,बर्दिया जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुका उच्च सतर्क रहन आवश्यक छ ।

‘आज सङ्खुवासभा,सोलुखुम्बु,रामेछाप,दोलखा,सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर,ललितपुर,काभ्रेपलाञ्चोक,गोरखा, तनहुँ,लमजुङ,कास्की, स्याङ्जा, चितवन,नवलपरासी पूर्व,नवलपरासी पश्चिम, रुकुम पूर्व,रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत,बाँके,बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ ’, विभागका विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्