म पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने पक्षमा बिलकुलै छैन : डा. शशांक कोइराला



काठमाडौं,३० साउन । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीलाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्ने बताएका हुन्। उनले पार्टीभित्र हुनसक्ने सम्भावित विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

आगामी १५औँ महाधिवेशनको प्रसङ्गमा बोल्दै उनले नेता शेखर कोइरालासँग आफ्नो राम्रो समझदारी रहेको उल्लेख गरे। सभापतिमा शेखर कोइराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्नेसमेत बताए।

उनले भने, ‘म पार्टी फुटाउने वा नयाँ पार्टी खोल्ने पक्षमा बिलकुलै छैन। जनताको चाहनाअनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ। सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन। साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझावअनुसार म निर्णय गर्नेछु। नयाँ र सङ्गठित काँग्रेसका लागि अबको मूल केन्द्रबिन्दु विकास हुनुपर्छ। नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ।’file foto

प्रतिक्रिया दिनुहोस्