बाजुरामा पहिरोमा परि एकजना बेपत्ता, दुई घाइते, बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगायो
काठमाडौं,२९ साउन । बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा अविरल वर्षापछि आएको पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोले दुई घरमा क्षति पुगेको छ। बेलुकीदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो आएको हो ।

त्रिवेणी नगरपालिका–९ ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोमा परी क्षति भएको तथा सोही घरपरिवारका दुई जना सामान्य घाइते भएको र एक जना बेपत्ता रहेका छन् ।
यता,मादीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुई वटा पुल बगाएको छ । अविरल वर्षापछि गएराति आएको बाढीले कास्की र पर्वत जोड्ने २ वटा मेटल पुल बगाएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार अन्नपूर्ण गाउँपालिका-५ र ६ को सिमानामा अवस्थित मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा मानिसहरू आवतजावत गर्न बनाइएका २ वटा मेटलको पुल (पर्वत र कास्कीतर्फ) बगाएको छ भने मन्दिरको आधा भाग समेत बाढीले क्षति पुर्याएको छ ।
उनका अनुसार बाढीमा फसेका ३ जनाको उद्धार प्रयास जारी छ । १ जना सन्त पुजारी र २ जना भक्तजन गरी ३ जना मन्दिरमा फसेको र उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट ४ जना रोप रेस्क्यु र ३ जना गोताखोर सहितको उद्दारटोली घटनास्थल पुगेको छ ।file foto

