उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित
काठमाडौँ,२७ चैत । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ ।

उपसभामुखका लागि शुक्रबार भएको मतदानमा ठाकुर निर्वाचित हुनुभएको हो । ठाकुरलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय २९ मत परेको छ ।
विपक्षमा ५ मत र तटस्थ २२ मत खसेको हाे ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले उपसभामुखमा दिएको उम्मेदवारी बहुमतले अस्वीकृत भएको थियो। प्रतिनिधि सभामा भएको मतदानमा २५७ सांसदले भाग लिएका सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए ।
लामाको पक्षमा ५ मत पर्यो । विपक्षमा २१५ मत पर्यो भने तटस्थ सांसदको संख्या ३७ रहेको सभामुख अर्यालले जानकारी दिए ।

