ओली र लेखकलाई २६ चैतमा रिहा गर्न सर्बोच्चको आदेश



काठमाडौं,२३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न आदेश दिएको छ।

न्यायाधीशद्धय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले जिल्ला अदालत काठमाडौंबाट थपिएकाे ५ दिन म्याद समाप्त भएपछि २६ गते हिरासतमुक्त गर्न सर्वोच्चले आदेश गरेको हो। जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेकाे थियाे ।

२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्री रहेका उनीहरूले लापरवाही गरेको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको सिफारिसपछि सरकारले ओली र लेखकलाई अनुसन्धान गर्ने भन्दै प्रहरीले १४ चैतमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्