एमालेले सभामुख पदमा उम्मेदवारी दिने
काठमाडौँ,२० चैत । नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने भएको छ। पार्टी उपाध्यक्ष गुरु बराललाई उम्मेदवार बनाउने एमालेको तयारी छ।

नेकपा एमालेका एक सांसदका अनुसार संघीय संसद् सचिवालयलाई फोनमार्फत उम्मेदवारी दिने जानकारी गराइसकिएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी दिएको खण्डमा भने आफूले नदिने एमालेको भनाइ छ।
सभामुखका लागि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डीपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनले उम्मेदवारी दर्ता समेत गराइसकेका छन्।
सभामुखका लागि आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
सभामुख चयनका लागि चुनाव भने आइतबार हुँदै छ।
दुई तिहाईनजिकको मत प्राप्त गरेको रास्वपाका अर्याल सभाुमख निर्वाचित हुने निश्चित जस्तै छ।

