ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अदालतको अनुमति



काठमाडौँ,१५ चैत । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिनको म्याद थप गर्न अनुमति दिएको हो । आजको इजलासमा ओलीलाई भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने पूर्व गृहमन्त्री लेखक उपस्थित भएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय माग गरेको थियो । गत भदौ २३ र २४ गतेको घटनामा जाँचबुझ आयोगले कारबाही सिफारिससहित बुझाएको प्रतिवेदनका आधारमा उनीहरु शनिबार पक्राउ परेका थिए । पक्राउ परेका ओली भने स्वास्थ्यका कारण शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । ओलीलाई स्वास्थ्य समस्या देखिएपछि आज पनि अस्पतालमै राखेर उपचार गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्