नेकपाले प्रचण्डलाई चयन गर्यो संसदीय दलको नेता
काठमाडौं,१५ चैत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता चयन भएका छन्।
आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको
नेता चयन गरेको नेकपाका सांसद रमेश मल्लले बताए।

२१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ सिट र समानुपातिकतर्फ ९ सिट जितेको थियो ।

