सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिंदै तीन पूर्बप्रधानमन्त्री



काठमाडौं,१५ चैत । तीन पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिसम्बन्धी विषयमा अनुसन्धान प्रक्रिया सुरु भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूको चल–अचल सम्पत्ति, आम्दानीका स्रोत र सम्पत्ति आर्जनको आधारबारे छानबिन अघि बढाएको हो।

यसैबीच कांग्रेस नेता तथा पूर्वऊर्जा मन्त्री दीपक खड्कामाथि पनि अनुसन्धान अघि बढाइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकै सिफारिसमा सीआईबीले उनलाई आइतबार नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतबाट म्याद लिने तयारी गरेको छ।

अनुसन्धानको क्रममा सम्बन्धित व्यक्तिहरूको सम्पत्ति विवरण, लगानी, तथा आर्थिक स्रोतबारे विस्तृत अध्ययन गरिने प्रहरीले जनाएको छ।

उता, अनुसन्धानलाई असर नपुगोस् भन्ने उद्देश्यले स्थानीय प्रशासनले बूढानिलकण्ठस्थित देउवाको निवास भत्काउने काम तत्कालका लागि रोक लगाएको छ। प्रहरीले सो स्थानमा कार्यरत मजदुरहरूलाई समेत हटाएको जनाएको छ।

गत भदौ २४ गते प्रदर्शनका क्रममा भएको आगजनीपछि जलेको अवस्थामा अमेरिकी डलर र नेपाली रुपैयाँ फेला परेको थियो। उक्त रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले संकलन गरी सुरक्षित राखेको बताइएको छ।

यसैबीच,पूर्वप्रधानमन्त्री देउवाको बुढानीलकण्ठमा रहेकाे निजी निवास भत्काउन स्थानीय प्रशासनले रोक लगाएको छ । जेनजी प्रदर्शनमा आगजनी भएको घर भत्काएर त्यहाँ नयाँ संरचना बनाउन खोजिँदै छ । तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा भत्काउन रोक लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना अधिकृतले बताएका हुन्।

प्रहरीले भत्काउन रोक लगाएर त्यहाँ कार्यरत कामदार हटाएको छ । गत भदौ २४ मा प्रदर्शनकारीले आगजनी गर्दा जलेको अवस्थामा डलर र नेपाली रुपैयाँ भेटिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सोही रकम संकलन गरेर राखेको थियो ।

देउवा र उहाँकी पत्नी आरजु राणा देउवामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान थालिएको उच्च सरकारी अधिकृतहरू बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्