ओली पक्राउविरुद्ध आज पनि एमालेको प्रदर्शन,जिल्ला प्रशासन कार्यालयमा बुझायो विरोधपत्र



काठमाडौ,१५ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले कार्यकर्ताहरूले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन्।

आज दिउँसो माइतीघर मण्डलादेखि बबरमहलसम्म प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ताहरूले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र समेत बुझाएका छन् । शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयबमोजिम पार्टीले आज विरोधपत्र बुझाएको हो ।

सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै उक्त प्रतिवेदनमा कारबाही सिफारिस गरिएका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अदालत पेस गरेको छ।

एमाले सचिवालय बैठकले प्रतिशोधपूर्ण तरिकाले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरिएको भन्दै शनिबार पनि प्रदर्शन गरेको थियो।आज पनि काठमाडौंसहित देशका विभिन्न जिल्लाहरूमा एमालेले प्रदर्शन गरेको छ।

प्रतिक्रिया दिनुहोस्