पूजापाठ गरेर आजै सरकारी निवास बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन



काठमाडौँ,१३ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पूजापाठ सम्पन्न गरी बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री नियुक्तिपछि औपचारिक रूपमा सरकारी निवासमा बसाइ सर्ने क्रममा उनले पूजापाठ गरेका हुन्। पूजापाठपश्चात् उनी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री शाहले सिंहदरबारमा पदभार ग्रहण गरेसँगै प्रशासनिक कामकाजसमेत अघि बढाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्