कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ
काठमाडौं,१३ चैत । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका घटना छानबिन गर्न पूर्ववर्ती सरकारद्वारा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार (चैत १३) सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकारले एकद्वार प्रणालीबाट काम गर्ने उल्लेख गरे ।

उनले भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने पनि बताए । ‘जेनजी’ आन्दोलनको मर्मअनुसार सरकार अघि बढ्ने उनले सुनाए ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त घटनामा विभिन्न व्यक्तिहरूलाई कारबाही सिफारिससहित सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

