रास्वपाले टुंगो लगायो मन्त्रीको नाम, कस्ले सम्हाल्दैछन् कुन मन्त्रालय ?
काठमाडौं,१२ चैत । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का १६ जना मन्त्रीहरूको नाम फाइनल भएको छ । प्राप्त जानकारीअनुसार, सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । यसैगरी, स्वर्णिम वाग्ले अर्थ मन्त्रालय, शिशिर खनाल परराष्ट्र मन्त्रालय, सोविता गौतम कानुन मन्त्रालय, विराज भक्त श्रेष्ठलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अमरेश कुमार सिंह उद्योग मन्त्रालय, प्रतिभा रावल सामान्य प्रशासन मन्त्रालय, गीता चौधरी कृषि मन्त्रालय, विक्रम तिमल्सिना सञ्चार मन्त्रालय, दीपक साह श्रम मन्त्रालय, सस्मित पोखरेलले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
खड्क (गणेश) पौडेल पर्यटन मन्त्रालय, सीता वादी महिला तथा बालबालिका मन्त्रालय र निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् । नयाँ मन्त्रीहरूको शपथ ग्रहण आज दिउँसो प्रधानमन्त्रीसँग हुनेछ । प्रधानमन्त्री बालेनले दिउँसो १२:३४ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीसहित मन्त्री बन्न लागेकाको सूची हेर्नोस्–
१. बालेन्द्र शाह (बालेन), प्रधानमन्त्री, रक्षा
२. डा. स्वर्णिम वाग्ले, अर्थमन्त्री
३. सुधन गुरुङ, गृहमन्त्री
४. शिशिर खनाल, परराष्ट्रमन्त्री
५. सोविता गौतम, कानुनमन्त्री
६. सस्मित पोखरेल, शिक्षामन्त्री
७. सुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल, सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह, उद्योग वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ, ऊर्जा जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता, स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल, संस्कृति/पर्यटन
१४. डा. विक्रम तिमल्सिना, सञ्चार तथा सूचना
१५. दीपक शाह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी, कृषि तथा पशुपन्छी

