रोशी खोलामा आएको बाढीले विपी राजमार्ग अबरुद्ध



सिन्धुली,७ चैत । अविरल परेको वर्षा पछि रोशी खोलामा आएको बाढीले विपी राजमार्ग अबरुद्ध भएको छ ।

आज विहान साढे तीन बजेको समयमा रोशी खोलामा आएको बाढीले विपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ कालढुंगा र दाउन्नेमा क्षति पुगेपछि सडक अवरुद्ध भएको हो ।

विपी राजमार्ग अवरुद्ध भए पछि सिन्धुलीमाढी स्थित प्रहरी चेकपोष्टमा दर्जनौ गाडी र सुनकोशी गाउँपालिकाको दुम्जा प्रहरी चौकी चेकपोष्टमा दुई दर्जन बढी सवारी साधनहरु होल्ड गरी राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सडकको अवरुद्ध खुलाउने कार्य सुरु भए संचालनमा आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुर्य प्रकास सुवेदीले जानकारी दिनुभयो ।

विपी राजमार्ग सिन्धुली सहित पुर्वी नेपालका जिल्लाहरुलाई देशको राजधानीसँग जोड्ने छोटो दुरीको सडक हो ।

प्रतिक्रिया दिनुहोस्