प्रवणको नयाँ नेपाली आधुनिक गीत “फुलै फुलको” भिडियो सार्बजनिक



काठमाडौं,२ चैत । नायक प्रवण भुसाल को अभिनय रहेको गायिका मेलिना राई र गायक हर्कुलेश बस्नेत स्वरमा नयाँ नेपाली आधुनिक गीत “फुलै फुलको” भिडियो आइतबार बसन्त सापकोटा युटुब च्यानेलबाट रिलिज भएको छ।

नायक प्रवण भुसाल संगै पूजा कार्की को अभिनय रहेको रोमान्टिक गीत मा दुइ जना नब जोडी को माया लाई प्रस्तुत गरिएको छ। बसन्त सापकोटा को संगीतमा तयार गरिएको छ भने र्र्याप श्रिजना खत्री (हाउडे माया)र बिबेक रनापेहिली ले दिएका छन् शब्द सूर्यनारायण पेलिस, एरेन्ज पुस्कर सुनुवार, मिक्सिंग भिप्लभ अधिकारी रहेको गितको रेकडिङ्ग मेलोडी नेपाल मा भएको हो।

यो गीतको भिडियोलाई चलचित्र निर्देशक दिपेश सापकोटा ले निर्देशन गरेका हुन् । निर्बेश बराल को छायांकन,बिक्रम थापा मेकअप, उमेश श्रेष्ठ निर्मार्ण रहेको छ। गीतले दर्शकबाट यतिबेला राम्रो प्रतिक्रिया पाएको छ ।

प्रतिक्रिया दिनुहोस्