सकियो प्रत्यक्षतर्फको मत गणना, रास्वपाले १ सय २५ सिट ल्याउँदा कस्को कति ?



काठमाडाैं,२६ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएकाे छ ।

१ सय ६५ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १ सय २५ सिटमा जित हासिल गरेको हाे । त्यस्तै, नेपाली कांग्रेस १८ क्षेत्रमा निर्वाचित हुँदा नेकपा एमालेले ९ स्थानमा जित हासिल गरेकाे छ। त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ७ क्षेत्रमा विजयी भएको हाे । साथै हर्क साम्पाङ नेतृत्वकाे श्रम संस्कृति पार्टी तीन ठाउँमा विजयी भएको निर्वाचन आयाेगले जनाएकाे छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले एक क्षेत्रमा मात्रै विजयी भएकाे हाे । साथै म्याग्दीबाट भने स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी हुनुभएको छ । यस निर्वाचनमा विगत लामाे समयदेखि राजनीतिक क्षेत्रमा जमेका र पटक-पटक राज्य सत्तामा पुगेर अनुभव बटुलेका राजनीतिक दलहरुलाई नराम्राेसँग धक्का पुगेकाे छ ।

नयाँ रानीतिक दलकाे रुपमा उदायकाे रास्वपाले यस निर्वाचमा कांग्रेस, एमाले र नेकपासहितका पुराना राजनीतिक दललाई उठ्नै नसक्ने गरी किनारा लगाएकाे छ। साथै रास्वपाले मधेशवादी राजनीतिक दलहरु पनि शून्य अवस्थामा पुर्याइदिएकाे हाे

प्रतिक्रिया दिनुहोस्