राप्रपालाई प्रतिनिधि सभामा शून्य हुनबाट जोगाए ज्ञानेन्द्र शाहीले, जुम्लाबाट ल्याए १४ हजार ८१६ मत



काठमाडौं,२३ फागुन । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित भएर ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले दोश्रो पटकका लागि प्रतिनिधि सभासम्मको यात्रा तय गरेका छन् । अध्यक्ष राजेन्द्र लिङदेन सहित पार्टीका अन्य उम्मेदवारहरु पराजित भएका बेला निर्बाचित भएर शाहीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई प्रतिनिधि सभामा शून्य हुन बाट जोगाएका हुन्।

शाहीले नेकपाका उमेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरेका हुन्। शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दा भण्डारीले ११ हजार ६३५ मतमा रोकिए।

कांग्रेसका उमेदवार दीपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा एमालेका उमेदवार शान्तिलाल महत चार हजार ५१८ मतसहित चौथो स्थानमा रहे।

रास्वपाकी उमेदवार विनीता कठायतले ४२१ मत मात्र प्राप्त गरिन्। सदरको १० प्रतिशत पनि मत ल्याउन नसकेपछि कडायतको जमानत जफत भएको छ । कठायत यसअघि रास्वपाको समानुपातिक सांसद थिइन्।

प्रतिक्रिया दिनुहोस्