झण्डै ५० हजार मतान्तरले पराजित भए एमाले अध्यक्ष ओली
झापा,२३ फागुन । झापा क्षेत्र नम्वर ५ बाट प्रतिनिधि सभा सदस्य पदमा बालेन्द्र शाह ‘बालेन’ निर्वाचित हुनु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहनु भएका शाहले आफ्ना निकटतम प्रतिष्पर्धी केपी शर्मा ओलीलाई ४९ हजार ६ सय १४ मतले पछि पार्दै निर्वाचित बन्नु भएको हो ।
शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका अध्यक्ष ओलीले १८ हजार ७ सय ३४ मत मात्र प्राप्त गर्नु भयो । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएसंगै झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले उहाँलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

