दैलेखमा एमालेका लक्ष्मीप्रसाद पोखरेल बिजयी,लमजुङमा एमाले उपाध्यक्ष गुरुङ पराजित



दैलेख,२३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेकपा (एमाले)का उमेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार, पोखरेलले १३ हजार ८८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेदवार दिक्पाल शाहीले नौ हजार ५५२ मत प्राप्त गरेका छन् । यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का योगेन्द्र शाहीले तीन हजार ८५१ मत प्राप्त गरेका छन् ।

उता लमजुङमा एमालेका उपाध्यक्ष पृथ्वीसुव्वा गुरुङ पराजित भएका छन्।यसअघि निरन्तर लमजुङबाट जित्दै आएका रास्वपा उम्मेदवार धर्मराज केसीसँग ठुलो मतान्तरले हारेका हुन्।

रास्वपा उम्मेदवार केसीले ३३ हजार ८९८ मत पाउँदा एमालेका उम्मेदवार गुरुङले १६ हजार ८७६ मत पाए। कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १६ हजार ५६९ मत ल्याएर तेस्रो हुँदा नेकपाका हरि जंग तामाङले ३ हजार ३७१ मत पाए।

प्रतिक्रिया दिनुहोस्